ऋषिङ्ग समृद्धिको आधार कृषि , संस्कृति,पर्यटन र पुर्वाधार ।

राहत तथा खाद्यान्न आपूर्ति सम्बन्धी ७ (सात) दिने सार्वजनिक सूचना ।

राहत तथा खाद्यान्न आपूर्ति सम्बन्धी ७ (सात) दिने सार्वजनिक सूचना ।

विश्वव्यापी रुपमा देखापरेको कोरोना भाइरस (COVID-19) को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले बन्दाबन्दि (Lock Down) घोषणा गरेको यस विशेष परिस्थितिमा यस गाउँपालिका क्षेत्रका बासिन्दा व्यक्ति, असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुका घरधुरी परिवारलाई आधारभूत खाद्यान्नको प्रबन्ध मिलाउनु पर्ने भएको हुँदा ×ऋषिङ्ग गाउँपालिकाका बासिन्दा व्यक्ति, असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७७” को प्रयोजनको लागि ऋषिङ्ग गाउँ कार्यपालिकाको मिति २०७७/१/२९ को निर्णयानुसार तथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को दफा १४५ बमोजिम तपशीलको परिमाण बमोजिमको खाद्यान्न खरिद गर्नु पर्ने भएको हुँदा इच्छुक फर्म, कम्पनी तथा सप्लायर्सले तपशीलमा उल्लेखित शर्तहरु बमोजिम दररेट उपलब्ध गराउनु हुन यो ७ (सात) दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

तपशील :

सि. नं.

विवरण

परिमाण

जीरा मसिन स्टिम चामल 25 के.जी. प्याकेट

4500 प्याकेट

2

खाने नुन (दुई बालबालिकाको चिन्ह भएको) १ के.जी. प्याकेट

4900 प्याकेट

3

शुद्ध तोरीको खानेतेल १/2 (आधा) लिटर प्याकेट

4900 आधा लिटरको प्याकेट

 

शर्तहरु :

१. दररेट साथ फर्मको अद्यावधिक गरेको दर्ता प्रमाणपत्र, आ.व. २०७५/०७६ को कर चुक्ता प्रमाणपत्र, व्यवसाय दर्ता प्रमाणपत्र, भ्याट/पान दर्ता प्रमाणपत्र, कालोसूचीमा नपरेको स्वघोषणा पत्र तथा अन्य कागजातहरु अनिवार्यरुपमा पेश गर्नुपर्नेछ ।

२. दररेट अंक र अक्षरमा स्पष्टरुपमा उल्लेख गर्नुपर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ ।

३. दररेट सम्बन्धी सोझै खरिद सम्बन्धी कागजात ऋषिङ्ग गाउँपालिकाको वेवसाइट rishingmun.gov.np मा राखिएको छ । प्रस्तावदाताले दररेट पेश गर्ने सम्बन्धी कागजात ऋषिङ्ग गाउँपालिकाको कार्यालयमा सोझै सम्पर्क गरी वा वेवसाइटबाट डाउनलोड गरी प्राप्त गर्न सक्नेछन् । कागजात खरिद गर्नका लागि कुनै शुल्क लाग्नेछैन । ऋषिङ्ग गाउँपालिकमा सम्पर्क राखी प्राप्त गरिएको वा वेवसाइटबाट डाउनलोड गरी प्राप्त गरिएको कागजात बाहेक अन्य कागजातमा पेश गरिएको दररेट मान्य हुने छैन ।

४. दररेट मिति २०७७/२/११ गते दिनको १२ बजेसम्म गाउँपालिकाको इमेल ठेगाना rishingmun@gmail.com मा वा गाउँपालिकाको कार्यालयमा कार्यालय समयभित्र सोझै सम्पर्क राखी पेश गर्नुपर्नेछ र प्राप्त दररेटहरु सोहि दिनको दिउसो २.०० बजे दररेट प्रस्तावदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ । दररेट खोल्ने समयमा कुनै पनि प्रस्तावदाता उपस्थित नभएको खण्डमा पनि प्रस्ताव खोली मुचुल्का तयार गर्न वाधा पुगेको मानिनेछैन ।

५. पेश गरिएको दररेटमध्ये सवैभन्दा कम कबुल अंक उल्लेख गर्ने फर्म वा सप्लायर्सको दररेट स्वीकृत गरिनेछ । माग गरिएका खाद्यान्नहरु चामल, नुन र खानेतेल मध्ये कुनै एक वा सो भन्दा बढी वस्तुको आपुर्ति गर्ने गरि दररेट पेश गर्न सकिनेछ र सो को छुट्टाछुट्टै मूल्यांकन गरिनेछ । तर सो फर्म वा सप्लायर्स सारभूत रुपमा प्रभावग्राही नदेखिएमा अन्य फर्म तथा सप्लायर्सले पेश गरको दररेट स्वीकृत गर्न वाधा पुगेको मानिनेछैन ।

६. दररेट स्वीकृत भएको प्रस्तावदाता दररेट स्वीकृत भएको मितिले ३ दिनभित्र सम्झौता गर्न आउनुपर्नेछ । अन्यथा क्रमश अन्य प्रस्तावदाताहरुसँग सम्झौता गरिनेछ ।

७. एउटा प्रस्तावदाताले एकभन्दा बढी प्रस्ताव पेश गर्न पाउनेछैन । एकभन्दा बढी प्रस्ताव पेश हुन गएको खण्डमा सवैभन्दा पहिला पेश भएको प्रस्तावलाई मान्यता दिइनेछ ।

८. छनौट भएका प्रस्तावदाताहरुले सम्झौता गर्नु अघि कुल कबोल अंकको ५% ले हुन आउने रकम यस गाउँपालिकाको कुमारी बैंक लिमिटेड, ऋषिङ्ग शाखामा रहेको संचित कोष खाता नं. ग.4.1 0830034554100003 मा नगदै वा वाणिज्य बैंकबाट जारी भएको 60 दिन म्याद रहेको बैंक जमानत पत्र पेश गर्नुपर्नेछ ।

9. माथि उल्लेखित शर्तहरु बाहेक अन्यकुरा प्रचलित कानून बमोजिम हुनेछ ।

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: