ऋषिङ्ग समृद्धिको आधार कृषि , संस्कृति,पर्यटन र पुर्वाधार ।

सेवा प्रवाह प्रभावित हुने सम्बन्धी सूचना !!!

२०८०/०१/०५
सेवा प्रवाह प्रभावित हुने सम्बन्धी सूचना !!!
प्रस्तुत विषयमा मिति २०८० साल वैशाख १० गते आईतबारका दिन प्रतिनिधि सभा सदस्य उपनिर्वाचन, २०८० अन्तर्गत तनहुँ जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ मा हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यस गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत अधिकांश कर्मचारी मतदान केन्द्रमा खटिने हुँदा मिति २०८०/०१/०७ गते देखी मिति २०८०/०१/११ गते सम्म यस कार्यालय र मातहतका कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अन्य सेवाहरू प्रभावित हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ । यसबाट सेवाग्राहीहरूमा पर्न जाने असुविधा प्रति कार्यालय क्षमाप्रार्थी छ ।

आर्थिक वर्ष: