ऋषिङ्ग समृद्धिको आधार कृषि , संस्कृति,पर्यटन र पुर्वाधार ।

गाउँपालिकाको संक्षिप्त परिचय

गाउँपालिकाको नारा
गाउँपालिकाको निशानछाप

नेपालको ७ प्रदेश मध्य गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्ला मध्ये तनहुँ जिल्ला पनि एक हो । नेपाल राज्यको केन्द्र भागमा अवस्थित तनहुँ जिल्लाको आफ्नै एतिहासिक महत्व रहेको छ । नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार यस तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु काहुशिवपुर, भिरकोट, बैदी, राम्जाकोट, कोटदरबार र ऋषिङ्ग रानीपोखरी गाविसलार्ई समायोजन गरी ऋिषिङ्ग गार्उँपालिका गठन गरिएको छ । 
मनोरम परेटकिय नगरी पोखरा देखी भिमाद बजार हुदै ऋषिङ पुग्न जम्मा १ घण्टा लाग्दछ भने दमौली बजार हुदै पनि जान सकिन्छ । स्थानीय कथन अनुसार सत्य युगमा यस क्षेत्रमा श्रृङ्ग ऋषिले तपस्या गरेको हुनाले यस क्षेत्रलाई ऋषिङ्ग क्षेत्रको रुपमा प्रख्यात रहेकोले यस गाउँपालिकाको नामाकरण गिरिएको हो ।

जम्मा क्षत्रफलः २१५ वर्ग कि.मि.

पुर्वमा व्यास नगरपालिका र देवघाट गाउँपालिका,  पश्चिममा भिमाद नगरपालिका र घिरिङ गाउँपालिका, उत्तरमा म्याग्दे गा.पा. र व्यास न.पा. र दक्षिणमा नवलपरासी जिल्ला रहेको छ ।

जम्मा जनसंख्याः १७,९१८  | पुरूषः  ८,२०८ र महिलाः  ९,७१० (श्रोतः राष्ट्रिय जनगणना २०७८)