ऋषिङ्ग समृद्धिको आधार कृषि , संस्कृति,पर्यटन र पुर्वाधार ।

१११ औं अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरि मनाइयाे

१११ औं अन्तर्राष्ट्रिय महिला दिवश ऋषिङ्ग गाउँ कार्यपालिकाले विविध कार्यक्रम गरि मनाएको छ । दिवसकै अबसरमा अायाेजित खुल्ला महिला वक्तृत्वकला प्रतियोगितामा ऋषिङ्ग वडा न.‌‍‍‌‍ १ निवासी अनिशा थापा प्रथम , ऋषिङ्ग वडा न‌‍‍‌‍. ४ निवासी सविना थापा द्वितिय , ऋषिङ्ग वडा न‌‍‍‌‍ ८ निवासी दिपिका श्रेष्ठ तृतिय र ऋषिङ्ग वडा न‌‍‍‌‍. ४ निवासी नरी माया रानाभाट सान्तवना हुन सफल भएका छन् । प्रथम, द्वितिय,तृतिय र सान्तवना हुनेले प्रमाण पत्र सहित क्रमश नगद रू.१० हजार , ७ हजार , ५ हजार र ३ हजार प्राप्त गरे । दिवसकै अबसरमा ऋषिङ्ग गाउँ पालिका गाउँ परिसरमा सचेतना मुलक र्याली निकालेकाे थिया । उक्त् र्याली ऋषिङ्ग वडा नम्बर ८ हवेली डाडाँ देखि सुरू भइ मिलन चाेक , नाल थाेक , पुरान् थाेक , चन्दने , अामथाेक हुदै गाउँकार्यपालिकाकाे कार्यालय पुगि सभामा परिणत भएकाे थियाे । सभाकाे सम्बाेधन गर्दै ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले महिला हक र हितका लागि गाउँपालिकाले अावश्यक कदम चालिरहेकाे बताउनु भयाे । कार्यक्रममा गाउपालिका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेल , न्यायिक समिति सदस्य भारत कुमार श्रेष्ठ , कार्यपालिका सदस्य यमुना श्रेष्ठ लगाएतले मन्तव्य राख्नु भएको थियो . गाउपालिकाका उपाध्यक्ष गिनु माया थापाकाे अध्यक्षतामा भएकाे उक्त् कार्यक्रममा धन्यवाद ज्ञापन गाउँपालिकाका महिला तथा बालबालिका शाखाका सहायक महिला विकास निरिक्षक ज्ञानु पाैडेल र सञ्चालन बसन्ती थापाले गरेका थिए ।

आर्थिक वर्ष: