FAQs Complain Problems

सबिधान दिवसमा ऋषिङ गाउँपालिका तनहुँले विविध कार्यक्रम गर्दै :

ऋषिङ गाउँपालिका तनहुँले सबिधान दिवसको अवसर पारेर विविध सामाजिक कार्यक्रम गर्ने भएको छ । दिवसकै अवसरमा गाउँपालिका भित्र रहेका अपाङ्गता भएका नागरिकका लागी सेतो छडी , हुविल चियर , श्रवण यन्त्र लगाएतका विविध आवश्यक सामाग्री र जेष्ठ नागरिकका लागी फलफूल वितरण कार्यक्रम आयोजना गरिँदै छ । गाउँपालिका भित्र रहेका जेष्ठ नागरिक सम्मान र कठिन जिवनयापन गरिरहेका अपाङ्गता भएका ब्यक्तिलाई सहयोग जस्ता सामाजिक बिकासका कार्यले संबिधानका मुलभुत मान्यतालाई आत्मसात गर्दै आम नागरिकको सहज जीवन यापनको हक संबोधन हुने गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो , साथै असोज ४ गते गाउँपालिकाका प्रत्यक वडाहरुमा सरसफाइ गरिने गरि संविधान दिवस मनाउने कार्यक्रम तय भएको समेत श्रेष्ठले जानकारी दिनुभयो ।।ऋषिङ गाउपालिकाको कार्यलय कोटदरबारमा हुने कार्यक्रमको पुर्व सन्ध्यामा शिव सरस्वती मा वि देखी गाउँपालिकाको भवनसम्म बृहत र्‍याली गरिने र र्‍याली गाउँ पालिका भवन पुगेर कार्यक्रममा परिणत हुनेछ ।

आर्थिक वर्ष:

//