ऋषिङ्ग समृद्धिको आधार कृषि , संस्कृति,पर्यटन र पुर्वाधार ।

पाैष २७ गते ऋषिङ्गमा म्याराथन प्रतियाेगिता

ऋषिङ्ग गाउँपालिकाकाे आयोजनामा यही पौष २७ गते प्रथम ऋषिङ्ग म्याराथन दौड प्रतियोगिता हुने भएको छ ।
प्राकृतिक ,ऐतिहासिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको ऋषिङ्ग गाउँपालिकाले पहिलो पटक खेल मार्फत आफ्ना पर्यटकिय स्थलको प्रर्वद्घन गर्न म्याराथन प्रतियोगिता गर्न लागेको गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भएकाे छ । स्वास्थ्य र पर्यटनका लागि खेलकुद भन्ने मुलनाराका साथ यहि पुष २७ गते आयोजना गर्न लागिएको म्यारोथन दौड प्रतियोगितालाई सम्पन्न गर्न विभिन्न समिति गठन गरि तयारी तिब्र पारिएकाे उहाँले बताउनु भयाे । प्रतियोगिता अन्तर्गत खुल्ला र स्थानिय गरि ३ खेल हुनेछन् । खुल्ला तर्फ प्रथम रु.६५ हजार , द्वितिय रु.४० हजार , तृतीय रु. २५ हजार र सान्त्वना (३ जनालाई) रु.१० हजार नगद पुरस्कार सहित ट्रफि , मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । म्यारथन दौड ऋषिङ्ग गाउँपालिका वडा नम्बर ८ मा अवस्थित ऐतिहासिक एवम् पर्यटकिय स्थल गढि कोत बाट ऋषिङ्ग गाउँपालिका वडा नम्बर ३ मा अवस्थित दुबुङ्गका्ट भ्यु टावर सम्मको ४० किमी दुरिमा हुने छ । ४० किमी म्याराथन दौड प्रतियोगितामा भाग लिन दर्ता शुल्क रु. १ हजार लाग्ने छ । ऋषिङ्गे राजाको दरबार रहेको गढीडाँडा बाट सुरु हुने प्रतियोगीता ऋषिङ्गे रानीको नुहाउने पोखरी बाट हतियार भण्डारण गर्ने कोटको काख हुदै गाउँपालिकाको कार्यालय ,गोठादी , ढुङ्गागाडे , चालिसे , थप्रेक , रमुङ , भिरकोट , बगैँचा , तल्लो भिरकोट हुदै हुदै वडा नं. ३ दुबुङ्ग भ्यु टावरमा पुगि समापन हुने छ ।
त्यस्तै स्थानिय ऋषिङ्ग म्याराथन प्रतियोगिता अन्तर्गत ऋषिङ्ग गाउँपालिका वडा नम्बर ८ मा अवस्थित ऐतिहासिक एवम् पर्यटकिय स्थल गढि कोत बाट ऋषिङ्ग गाउँपालिका वडा नम्बर ६ मा अवस्थित ज्यामिरे माई मन्दिर सम्मको १० किमी दुरी तय गरिएको छ । जसमा प्रथम, द्वितिय र तृतिय पुरस्कार क्रमशः नगद रु. १५ हजार , १० हजार र ५ हजार सहित ट्रफि , मेडल र प्रमाणपत्र रहनेछ ।
त्यसैगरि महिला तर्फ ऋषिङ्ग गाउँपालिका वडा नम्बर ८ गढी कोत देखि ऋषिङ्ग गाउँपालिका वडा नम्बर ७ मा अवस्थित दुर्गा भवानी मन्दिर सम्मको ४ किमी दुरीमा प्रतियोगिता हुने छ । महिला तर्फ प्रथम,द्वितिय र तृतिय हुनेलाई क्रमशः १० हजार , ८ हजार र ५ हजार सहित ट्रफि , मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगितामा ऋषिङ्गका नागरिकले मात्र भाग लिन पाउने छन् भने दर्ता शुल्क रु १०० लाग्नेछ ।
म्याराथन प्रतियोगिताकै अबसर पारेर प्रतियोगिता सुरु हुने स्थान ऋषिङ्ग गाउँपालिका वडा नम्बर ८ मा अवस्थित ऐतिहासिक एवम् पर्यटकिय स्थल गढि कोतमा निर्माण हुन लागेको गढि भ्यू टावरको शिलन्यास गरिने छ भने म्याराथन दौड सम्पन्न हुने स्थान ऋषिङ्ग गाउँपालिका वडा नम्बर ३ मा अवस्थित हालै निर्मित दुबुङ्ग भ्यु टावरको उद्घाटन पनि गरिने आयोजक ऋषिङ्ग गाउँपालिकाले जनाएको छ ।

आर्थिक वर्ष: