समाचार
न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने बारेको सूचना :
सूचना ! सूचना !! सूचना !!!
न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने बारेको सूचना
रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा ११, रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम आगामी आर्थिक वर्ष २०७७÷७८ मा यस ऋषिङ्ग गाउँपालिकाको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्तिहरुले २०७६ चैत्र १ गते देखि चैत्र मसान्त सम्म आफूले स्थायी बसोबास गरेको वडाको वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन फाराममा उल्लेखित विवरण पूर्ण रुपमा भरी बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ । निवेदनको ढाँचा सम्बन्धित वडा कार्यालय, गाउँपालिकाको रोजगार सेवा केन्द्र तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको वेव साइट www.pmep.gov.np बाट निःशुल्क प्राप्त गर्न सकिनेछ । निवेदन दिनका लागि आवश्यक कागजातहरु तपशिल बमोजिम रहेका छन । थप जानकारीको लागि ९८५६०३७७३१ म सम्पर्क गर्न सक्नुहुनेछ ।
तपशिल
१. नागरिकताको फोटोकपी १ प्रति
२. पासपोटं साईजको फोटो १ प्रति
३. नागरिकता अन्य स्थानीय तह वा जिल्लाबाट जारी भएको भए विवाह दर्ता वा बसाईसराई प्रमाणपत्रको फोटोकपी
