ऋषिङ्ग समृद्धिको आधार कृषि , संस्कृति,पर्यटन र पुर्वाधार ।

ऋषिङ गाउँपालिकाको आयोजनामा फागुन १५ गते पालिका स्तरिय भलिबल प्रतियोगिता हुदै

ऋषिङ गाउँपालिकाको आयोजनामा फागुन १५ गते पालिका स्तरिय भलिबल प्रतियोगिता हुदै ।

ऋषिङ गाउँपालिकाको आयोजनामा यहि फागुन १५ गते पालिका स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको पुरस्कार प्रथम , द्वितिय र तृतीय हुने टिमलाई क्रमश नगद रु १ लाख ३५ हजार , ८० हजार र ५० हजार सहित शिल्ड , मेडल र प्रमाणपत्र रहेको छ । टिम दर्ताका लागि दर्ता शुल्क नगद रु ५ हजार रहेको छ । टिम दर्ता ९८४६०००८५१ , ९८६६०००६७१ मा फोन गरेर पनि गर्न सकिनेछ । टिम दर्ता फागुन १४ गते बेलुकी ४ बजे सम्म गराइ सक्नु पर्नेछ भने सहभागि टिमका सबै खेलाडीले नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र एक प्रति फोटो अनिवार्य लिएर आउनु पर्नेछ ।
एक पालिकाबाट एउटा टिम मात्र सहभागी हुन पाउने आयोजक ऋषिङ्ग गाउँपालिकाले जनाएको छ । प्रतियोगिता ऋषिङ्ग गाउँपालिका वडा नम्बर ४ थप्रेकमा अवस्थित महेन्द्र ज्योति प्राथमिक विद्यालयको खेल मैदानमा हुनेछ ।

आर्थिक वर्ष: