ऋषिङ्ग समृद्धिको आधार कृषि , संस्कृति,पर्यटन र पुर्वाधार ।

ऋषिङ्ग ८ को दशै शुभकामना कार्यक्रम सम्पन्न

  ऋषिङ्ग ८ को दशै शुभकामना कार्यक्रम सम्पन्न । नेपाली कांग्रेस ऋषिङ्ग गाउँपालिका वडाकार्यसमिती वडा नं ८ ले कृयाशिल सदस्यहरुबिच बिजयादशमी तथा दिपावली को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । वडा संयोजक भरत कुमार श्रेष्ठ को सभापतित्वमा संचालित कार्यक्रममा संविधान सभा सदस्य झुल बहादुर आलेको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस का क्षेत्रीय सभापती राजेन्द्रकृष्ण श्रेष्ठ र सदस्य गिनुमाया थापाको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी आलेले शुभकामना मन्तब्य दिनुहुँदै  जनताको बिश्वास लिएर अगाडि बढ्न पर्ने बताउनुभयो । समतामुलक समाज निर्माण गर्नको लागि थुप्रै महिला तथा युवा र पिछडिएका बर्गका लागि आफ्नो जीवनको अधिकांस समय ब्यतित गरेका आलेले पार्टिले निष्ठा त्याग्न नहुने र समग्र कांग्रेस जुटेर हाल जनताका अधिकार स्थापित र जनतालाई थोपरिएको बलात्कार जस्ता सामाजिक अपराधको त्रास हटाउन र जनतालाई यश सरकारले थोपरेका महंगी जस्ता कुराहरुको बिरुद्ध उभिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।  "कांग्रेस आफ्नै लागि हो र आफ्नो लागि आफै संगठन निर्माणमा लाग्न पर्दछ । सबै कृयाशिल सदस्य आफैमा लोकतान्त्रीक मानवको द्योतक हो त्यसैले कृयाशिल सदस्यको महत्व बुझ्नुपर्दछ" उहाँले भन्नुभयो । उहाँले कृयाशिल सदस्य अंशबण्डा गर्ने चिज होईन यो त आफ्नो लागि आफैले नेतृत्व लिने एउटा परिचयपत्र हो भन्नुभयो । वडा भित्र रहेका कृयाशिल सदस्यहरुको उपस्थितिमा संचालित कार्यक्रममा बोल्नुहुँदै विशिष्ट अतिथी राजेन्द्र कृष्ण श्रेष्ठले बिपक्षमा रहेका दलहरुलाई अधिक बिश्वास गर्नु कांग्रेसको लागि घातक भएको र नेतृत्वल्र तालमेल मिलाउन नसक्दा निर्वाचनमा पराजय भोग्नुपरेको बताउनुभयो । आम जनतालाई दुबिधा हुने गरि नेतृत्वको कृयाकलापले स्थानिय तहको चुनाबमै प्रभाव पारेको र त्यति हुँदा पनि पार्टिले रणनैतिक रुपमा भुमिका खेल्न नसक्दा पार्टिले पराजय भोग्नुपरेको बताउनुभयो । जंगलमा बन्दुक बोक्दै गरेको माओबादी लाई औंला समातेर शान्ती प्रकृयामा ल्याएको कांग्रेस किन र कहाँ चुक्यो भन्ने कुरामा गम्भीर हुन आवश्यक रहेको भन्दै लोकतन्त्रको रक्षार्थ धेरै पटक कांग्रेस लडेको र अहिले तानाशाहको रुपमा उदयमान सरकारले थोपरेका करहरुको भार जनतालाई नथोपर्ने बताउनुभयो । कार्यक्रममा उपस्थित कृयाशिल सदस्यहरुको करको दायराको बारेमा राखेको धारणाको बारेमा बताउनुहुँदै जनताको लागि काम गर्न आएको हुँदा जनतालाई नै भार पर्ने गरि कुनै निर्णय नगर्ने र कृषि तथा कृषकहरु लक्षित कार्यक्रम यथेष्ट रुपमा संचालन गर्ने बताउनुभयो । जनताका काम गर्नको लागि आवश्यक पुर्बाधार देखि भवन,जनशक्तिको अभाव का कारण समस्या परेको हुँदा अबका दिनमा ती समस्या समाधान प्राय भैसकेको हुँदा अबका दिनमा बाँकी योजना सम्पन्न गर्न लागिपर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले पार्टिले गरेका कामहरुको बारेमा सुचित गर्नको लागि कुनै कार्यकर्ता चुक्न नहुने र भएका कमजोरी औल्याउन पनि नहिच्किचाउन आग्रह पनि गर्नुभयो । कार्यक्रममा क्षेत्रीय सदस्य गिनुमाया थापा, नेपाल शिक्षक संघ ऋषिङ्ग गाउँकार्यसमितिका सभापती महेन्द्र कुमार श्रेष्ठ,महिला संघका वडा संयोजक बिष्णुमाया थापा नेपाली कांग्रेस वडा नं ७ का संयोजक दुर्गाबहादुर थापा लगायतले धारणा राखेका थिए । वडा कार्य समितिका सचिब निरकुमार श्रेष्ठ ले संचालन गरेको कार्यक्रममा उपसभापति सोम बहादुर रानाले धन्यबाद ज्ञापन गरेका थिए । मन्तब्यकै क्रममा रानाल्र प्रदेश लगायत संघहरुमा पार्टिले हार ब्यहोरेपनी गरेका बाचा पूरा गर्न नेतृत्व चुक्न नहुने र गाउँ कार्यसमिती एकजुट भएर लाग्न पर्ने धारणा राखेका थिए

आर्थिक वर्ष: