ऋषिङ्ग समृद्धिको आधार कृषि , संस्कृति,पर्यटन र पुर्वाधार ।

ऋषिङ्ग गाउँपालिकाको सातौँ गाउँसभा सम्पन्न ः

ऋषिङ्ग गाउँपालिकाको सातौँ गाउँसभा सम्पन्न ः ऋषिङ्ग , २८ पौष तनहुँ जील्लामा उवस्थित ऋषिङ्ग गाउँपालिकाको सातौँ गाउँसभा सम्पन्न भएको छ । ऋषिङ्ग गाउँपालिकाको सभाहलमा आयोजित सभामा गाउँपालिकाको गत असारमा सम्पन्न भएको पाचौं गाउँसभाबाट पारित निति ,योजना तथा कार्यक्रमहरुको संसोधन गरिएको छ । गाउँपालिकाले गत असारमा सम्पन्न पाचौं गाउँसभा मार्फत आर्थिक वर्ष २०७६÷०७७ का लागि कुल ५० करोड २० लाख ५२ हजारको बजेट प्रस्तुत गरिएको थियो । सातौं गाउँसभा मार्फत करिब ५१ लाख ६० हजार कुल बजेटमा थप गरिएको छ । गाउँसभामा बोल्दै गण्डकी प्रदेश सभा सदस्य दोबाटे बि.कले भौतिक पुर्वाधार विकास सगै जनताको आय स्तर बृद्वी गराउने उत्पादनमुखी विकासमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । उनले ऋषिङ्ग गाउँपालिकामा भएका विकास निमार्णकार्यको प्रंशसा गर्दै सातौ गाउँसभाको सफलताको कामना गरे । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले कृषि र पर्यटन मार्फत ऋषिङ्गलाई सम्बृद्ध बनाउन सकिने भन्दै यहाँका योजनाहरु अब कृषि र पर्यटन केन्द्रित हुनु पर्ने बताए । जिल्ला समन्वय समिति तनहुँका उप प्रमुख पवित्रा पौडेलले अमुन्नत विकासका लागि महिला शसक्तिकरण र युवा रोजगार अनिवार्य रहेको बताइन । कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका सदस्य निल बहादुर थापा । नेपाली कागे्रस तनहुँका सदस्य मोहन गिरी , नेपाली कागे्रस ऋषिङ्गका सभापती राम नाथ काफ्ले , नेकपा ऋषिङ्गका सचिब विर बहादुर थापा, नेपाल रेडक्रस सोसाइटी ऋषिङ्ग कोटदरबार उपशाखा सभापति इन्द्र बहादुर आले लगाएतले शुभकामना मन्तव्य दिए । कार्यक्रममा ऋषिङ्ग गाउँपालिका उपाध्यक्ष गिनुमाया थापाले गाउँपालिकाको आर्थिक तथा विकास प्रतिवेदन प्रस्तुत गर्नुभयो । ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षताका सम्पन्न उक्त सभामा स्वागत ऋषिङ्ग गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष जङ्गंविर आले र संचालन गाउँपालिकाका सुचना प्रविधि अधिकृत मधु अधिकारीले गरेका थिए ।

आर्थिक वर्ष: